मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआई युगमा मान्छेको भूमिका

nepalnews.com · Sun Oct 04 08:36:44 GMT 2026

हामी अहिले क्रान्तिकारी प्राविधिक रूपान्तरणको निर्णायक मोडमा उभिएका छौँ। डिजिटल अर्थतन्त्रको विस्तार र दक्ष प्राविधिक जनशक्ति उत्पादनमा विश्वव्यापी जोड बढ्दै जाँदा कोडिङ, डेटा विज्ञान र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी शैक्षिक कार्यक्रम तीव्र गतिमा फैलिरहेका छन्। यी सिप अपरिहार्य छन्, तर एआई पनि यति छिटो विकसित हुँदै छ कि परम्परागत रूपमा ‘प्राविधिक सिप’ मानिएका धेरै काम अब यसले आफैँ गर्न सक्छ। यस्तो अवस्थामा हामीले एउटा सान्दर्भिक, केही असहज तर अत्यावश्यक प्रश्न सोध्नैपर्ने भएको छ– भविष्यका लागि हामीले तयार पारिरहेको जनशक्तिमा सबैभन्दा मूल्यवान् सिप र ज्ञान के हुनेछ?

भविष्यमा प्राविधिक सिपको आवश्यकता हराउने होइन। तर एआईले प्राविधिक कामको ठुलो हिस्सा सम्हाल्दै जाँदा मानवीय निर्णय क्षमता, सिर्जनशीलता र विवेकको सापेक्ष महत्त्व अझ बढ्न सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)