भारतमा छ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते
ratopati.com
भारतमा मङ्गलबार कम्तीमा छ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
दुर्घटनाका कारण अरु ३३ जना घाइते पनि भएका छन् । उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । काश्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रु बाहक वस नदीमा खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)