रास्वपा अर्घाखाँचीको सभापतिमा सीता पराजुली
gorkhapatraonline.com · Mon Jun 08 01:39:12 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला सभापतिमा सीता पराजुली निर्वाचित हुनुभएको छ । सदरमुकाम सन्धिखर्कमा सम्पन्न जिल्ला अधिवेशनले पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । सभापति पदका लागि भएको प्रतिस्पर्धामा पराजुलीले आफ्ना निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
निर्वाचन परिणामअनुसार पराजुलीले ९१ मत प्राप्त गर्दा सुनारले ७८ मत प्राप्त गर्नुभयो भने अर्का सभापति उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गर्नुभयो । त्यसैगरी, उपसभापतिमा सहयोगी बिसी, सचिवमा चिरन पन्थी र सहसचिवमा लक्ष्मण भट्टराई निर्वाचित हुनुभईको निर्वाचन समितिका संयोजक प्रकाश बेल्वासेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)