आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल नियुक्त
clickmandu.com · Sun Oct 04 09:00:38 GMT 2026

काठमाडौं । नेपाली दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ अनन्दराज खनाल संयुक्त राष्ट्रसंघअन्तर्गतको इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुख पदमा नियुक्त भएका छन्। उनले औपचारिक रूपमा उक्त पदको जिम्मेवारी सम्हालेका छन्।
दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि (आईसीटी), डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा, डिजिटल पूर्वाधार तथा नवप्रवर्तनका क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव सम्हालेका खनाललाई आईटीयूको टेलिकम्युनिकेसन डेभलपमेन्ट ब्युरोले प्रमुख पदमा नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)