मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टीको सिद्धान्त र विचार परिवर्तन गर्नुपर्छ :  सुरेन्द्र पाण्डे

ratopati.com · Sun Oct 04 09:06:23 GMT 2026

काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा विकसित भएको नयाँ वर्ग संरचनालाई ध्यानमा राखेर नेकपा एमालेले आफ्नो विचार र सिद्धान्त बदल्नुपर्ने बताएका छन् । एमाले स्याङ्जाको आँधी खोला गाउँपालिकाले शनिबार गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।

‘अब पार्टीका सिद्धान्त र विचारलाई व्याख्यात्मक रूपमा परिवर्तन गर्नुपर्छ’, नेता पाण्डेले भने, ‘हामीले हाम्रो पार्टीलाई श्रमिक वर्गको पार्टी भन्दै आयौँ अब त्यसले मात्र पुग्दैन, श्रमिक र मध्यम वर्गको पार्टी भनेर डकुमेन्टमै भन्नुपर्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)