फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित
ratopati.com · Sun Oct 04 09:12:41 GMT 2026

काठमाडाैँ। फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै प्रदर्शन गरिरहेका छन्। केही विद्यार्थीले विद्यालयका प्रवेशद्वार अवरुद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरेका छन्।
सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाएको छ । सरकारले वामपन्थी राजनीतिक समूहले आन्दोलनलाई थप उक्साएको आरोपसमेत लगाएको छ । विपक्षी पक्षले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)