एक महिने गुँला पर्व सम्पन्न
ratopati.com · Sun Aug 24 18:20:00 GMT 2025

भक्तपुर । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध समुदायले एक महिनासम्म मनाएको गुँला पर्व आइतबार सम्पन्न भएको छ । यस वर्ष यो पर्व साउन २१ गतेदेखि सुरु भएको थियो ।
सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध, चैत्यको परिक्रममा गरी एक महिनासम्म यो पर्व मनाइएको हो । नेपाल भाषामा.‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । यो पर्व विभिन्न स्थानीय बौद्ध चैत्यहरूको परिक्रमा गरी सम्पन्न भएको हो । ‘गुँ’ को अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरूको उपकार गर्ने कामलाई जनाउने र ‘ला’ को अर्थ महिना भएको बौद्ध गुरु श्रीभद्र बज्राचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)