नेपाल बदल्न कांग्रेस बदल्नुपर्छ, तीन पुस्ताको मिलन नै आजको आवश्यकता : सभापति बानियाँ
ratopati.com · Sun Oct 04 09:31:25 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले नेपाली कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउन ठुलो छाती बनाएर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति बानियाँले कांग्रेसको गौरवपूर्ण इतिहास र आगामी कार्यदिशाबारे स्पष्ट पारेका हुन् ।
कार्यक्रममा सभापति बानियाँले पार्टीभित्रको आन्तरिक सुधारमा जोड दिए । उनले भने, ‘पार्टीलाई नेतृत्व गर्दै हामीले नेपाललाई बदल्ने संकल्प गर्नुपर्छ, तर त्यसका लागि पहिले कांग्रेसलाई बदल्न जरुरी छ। महामन्त्री गगन थापाले भन्नुभए झैँ पार्टीलाई थप समावेशी र एकताबद्ध बनाउन हामी सबैको छाती ठुलो हुनुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)