‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ बाढी पीडित पत्रकार पौडेललाई
ratopati.com · Sun Oct 04 09:36:55 GMT 2026

काठमाडौँ । ‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ बाढी प्रभावित नुवाकोटका पत्रकार निराजन पौडेललाई प्रदान गरिने भएको छ । पुरस्कार छनोटका लागि साहित्यकार डा.विनोद मञ्जनको संयोजकत्वमा रहेको तीन सदस्यीय सिफारिस समितिले गरेको सिफारिसका आधारमा कमलबहादुर विष्ट स्मृति समाजले उक्त पुरस्कार पौडेललाई दिने निर्णय गरेको संस्थाका डा.गायत्री विष्टले जानकारी दिइन् ।
करिब १७ वर्षदेखि पत्रकारितामा सक्रिय पौडेल हाल ‘रातोपाटी डट कम’का वरिष्ठ संवाददाताका रूपमा कार्यरत छन् । उनी विशेषगरी अदालत, संवैधानिक आयोग तथा कानुनी मामिला एवं वातावरणसम्बन्धी समाचार सङ्कलन तथा लेखनमा सक्रिय रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)