राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन कांग्रेस १५औँ महाधिवेशनपछि गाउँ पस्छ : महामन्त्री घिमिरे
ratopati.com · Sun Oct 04 09:54:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले जनताको जीवनस्तर सुधार र राष्ट्रिय समुन्नति नै अबको कांग्रेसको मुख्य एजेन्डा हुनुपर्ने बताए ।
महामन्त्री घिमिरेले लामो समयसम्म लोकतन्त्रको रक्षाका लागि कांग्रेसले सङ्घर्ष गरेको स्मरण गर्दै भने, ‘लोकतन्त्र भनेको केबल व्यवस्था मात्र होइन, नागरिकको जीवन बदल्ने माध्यम पनि हो । छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्धले मात्र हाम्रो लोकतन्त्रलाई थप सबल बनाउन सक्छ। तर, हामीले लोकतन्त्रको रक्षा गर्दागर्दै पनि जनताका मनमा उठेका प्रश्नहरूको समुचित जवाफ दिन सकेनौँ, यो हाम्रो आत्म समीक्षाको विषय हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)