उत्तर कोरियाले रुसी मर्सिनरी ग्रुपलाई हतियार उपलब्ध गराएको अमेरिकाको आरोप
baahrakhari.com · Fri Dec 23 17:48:00 GMT 2022
वासिङटन । उत्तर कोरियामाथि युक्रेन युद्धका लागि रुसी मर्सिनरी ग्रुप वाग्नरलाई क्षेप्यास्त्र र रकेटहरू उपलब्ध गराइरहेको आरोप लागेको छ । ह्वाइट हाउसले यस्तो सिपमेन्टले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को निर्णयको उल्लंघन भएको तथा आफूले वाग्नरमाथि थप प्रतिबन्ध घोषणा गर्ने जनाएको छ ।
तर, उत्तर कोरिया र वाग्नर दुवैले यो आरोप अस्वीकार गरेका छन् । बेलायत सरकारले युक्रेनमा मर्सिनरी ग्रुपका लडाकुको सङ्ख्या एक हजारबाट बढेर झण्डै २० हजार पुगेको जनाएको छ । पछिल्लो समय यो समूह सिरिया र अफ्रिकी मुलुकहरूमा पनि सक्रिय हुन थालेको छ । यस समुहलाई बारम्बार युद्ध अपराध र मानव अधिकार उल्लंघनको आरोप लगाइने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)