माछापुच्छ्रेका सीईओ कोइरालाको मासिक तलबभत्ता १५ लाख २५ हजार, उच्च व्यवस्थापनले बुझे २४ करोड बढी
clickmandu.com · Sun Oct 04 10:30:21 GMT 2026

काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले गत आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता तथा बोनससहित कुल १ करोड ८२ लाख ९१ हजार रुपैयाँ पारिश्रमिक तथा सुविधा बुझेका छन् । बैंकले यही असोज २८ गते आयोजना गर्न लागेको २८औं वार्षिक साधारणसभाका लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उनले उक्त सेवा सुविधा बुझेको उल्लेख छ ।
प्रतिवेदनका अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृतले वर्षभरिमा तलबबापत ७४ लाख १६ हजार रुपैयाँ बुझेका छन् । उनले भत्ताबापत ७० लाख ६ हजार रुपैयाँ, अन्य सुविधाबापत ७ लाख ४२ हजार रुपैयाँ र बोनसबापत ३१ लाख २८ हजार रुपैयाँ प्राप्त गरेका छन् । यसरी तलब, भत्ता, सुविधा र बोनस गरी कोइरालाले कुल १ करोड ८२ लाख ९१ हजार रुपैयाँ बुझेका हुन् । यो उनको करअघिको आय भए पनि आयकर भुक्तानीपछिको खुद आय भने कम हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)