दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल
khabarhub.com · Sun Oct 04 10:39:39 GMT 2026
कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा हुने र नसर्नेमा ढुक्क हुन आग्रह गरेका छन्।
दशौँ खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिता आयोजनाबारे कुनै पनि दुविधा नराख्न स्पष्ट पारेका हुन्। उनले खेलकुदको उत्सव औपचारिक रूपमा सुरु भइसकेको र खेल प्रतियोगिता भने आगामी मंसिर १६ गतेदेखि सञ्चालन हुने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)