रास्वपा गुल्मीको सभापतिमा श्रेष्ठ
gorkhapatraonline.com · Mon Jun 08 01:54:31 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको नयाँ नेतृत्व चयन भएको छ। जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान गरिएको हो। मतदानबाट रास्वपा जिल्ला कार्यसमिति गुल्मीको सभापतिमा हरि श्रेष्ठ निर्वाचित हुनुभयो।
प्रतिद्वन्द्वी महेश जिसीलाई पराजित गर्दै उहाँ विजयी हुनुभयो। श्रेष्ठले ११८ मत ल्याउँदा प्रतिद्वन्द्वी जिसीले ११३ मत ल्याउनुभएको निर्वाचित संयोजक रास्वपा केन्द्रीय कृषि विभाग सदस्य अशोक टण्डनले जानकारी दिनुभयो। उपसभापतिमा प्रगति राना मगर विजयी हुनुभयो। उहाँले १२७ मत ल्याउनुभयो। प्रतिद्वन्द्वी निशेष श्रेष्ठले ९१ मत ल्याउनुभयो। उपसभापतिमै उम्मेदवार दिनुभएका भरत पोखरेलले १४ मत ल्याउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)