कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको पार्टी हो : आरेन राई
nepalnews.com · Sun Oct 04 10:48:58 GMT 2026

काठमाडौं। श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका छन्। नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए।
‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौं र हेर्यौं। नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ उनले भने। कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको राईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)