आयात प्रतिस्थापनदेखि विश्व बजारसम्म पुगे चीनका उखु काट्ने मेसिन
gorkhapatraonline.com · Sun Oct 04 10:45:03 GMT 2026

चीनमा स्वदेशी रूपमा विकसित उखु काट्ने मेसिन (हार्भेस्टर)ले आयातित उपकरणलाई प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत स्थान बनाउन सफल भएको छ । मध्य चीनको हेनान प्रान्तस्थित ‘लुओयाङ चेनहान एग्रिकल्चरल इक्विपमेन्ट टेक्नोलोजी’ले उत्पादन गर्ने हार्भेस्टरले अहिले चीनको उखु काट्ने मेसिन बजारको करिब आधा हिस्सा ओगट्नुका साथै दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकासम्म निर्यात भइरहेको कम्पनीले जनाएको छ ।
५९ वर्षीय संस्थापक झाङ चाङ्सियानले सन् २००८ मा स्वदेशी हार्भेस्टर विकास सुरु गर्नुभएको थियो । इन्जिनियरबाट उद्यमी बन्नुभएका उहाँले मेसिन बजारमा ल्याउन आठ वर्ष लाग्ने कल्पना गर्नुभएको थिएन् । वर्षौसम्म उहाँले आफ्नो टोलीसँग दक्षिण चीनको ग्वाङसी क्षेत्रका उखुबारीमा नमुना मेसिन परीक्षण गर्दै डिजाइन सुधार गर्नुभयो । हिलोयुक्त खेत, आँधीका कारण ढलेका उखु र भिरालो जमिनले विकास प्रक्रियालाई निकै चुनौतीपूर्ण बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)