दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन, ढुक्क हुनुहोस् -मन्त्री पोखरेल
kendrabindu.com · Sun Oct 04 10:51:00 GMT 2026
कर्णाली । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।
दशौं खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भएको उल्लेख गरेका हुन् । ‘दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्नेर कसैले पनि दुविधा नमान्नुहोला’ उनले भने, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)