मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

ratopati.com · Sun Oct 04 11:05:21 GMT 2026

बारा । बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षिया निशा पटेल र सोही ठाउँकै १४ वर्षिया चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो ।

जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुबै किशोरीको शनिबार साँझ डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउने बित्तिकै अस्थायी प्रहरी पोष्ट बेनौलीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दाको सहयोगमा पोखरीमा दुबै किशोरीलाई खोजतलास सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सुचना अधिकारी एवं प्रहरी निरिक्षक राजाबाबु ठाकुरले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)