मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा आनन्दराज खनाल नियुक्त

baahrakhari.com · Sun Oct 04 11:19:33 GMT 2026

काठमाडौं । नेपाली दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रका जानकार आनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त भएका छन् । उनले १ अक्टोबर २०२६ देखि पदभार सम्हालेका छन् ।

आईटीयूको दूरसञ्चार विकास ब्युरोले खनाललाई २२ सेप्टेम्बरमा उक्त पदमा नियुक्त गरेको थियो । खनालको दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि, डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा र डिजिटल पूर्वाधारमा उनको तीन दशकभन्दा लामो अनुभव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)