मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेशम चौधरीको प्रश्नः गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ? [भिडियो]

hamrakura.com · Sun Oct 04 00:00:00 GMT 2026

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्र प्राप्तिसँगै पहिचान र धार्मिक आस्था ओझेलमा परेको भन्दै राज्यका शीर्ष ओहोदामा थारू समुदायको पहुँचबारे प्रश्न उठाएका छन्। काठमाडौँको खुलामञ्चमा जारी नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै चौधरीले १९ दिने जनआन्दोलनमा आफूहरूले पनि बलिदानी र सङ्घर्ष गरेको स्मरण गराउँदै पहिचान, धर्म र संस्कृतिसँग कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे।

उनले भने, ‘आजका सभापति गगन थापा हुनुहुन्छ । तर गगनजी, त्यो आन्दोलनमा हामी पनि समाहित थियौँ । हामीले पनि लाठी खायौँ, पानीका फोहोरा खायौँ । १९ दिने जनआन्दोलनमा हामीले पनि सहभागिता जनायौँ । त्यो आन्दोलनमा हामीले गणतन्त्र ल्यायौँ। त्यतिबेला हामीले नारा लगायौँ । नेपाली काँग्रेस जिन्दाबाद, हाम्रो नेपाल जिन्दाबाद । गणतन्त्र नेपाल जिन्दावाद । तर गगनजी, एउटा प्रश्न छ । त्यो १९ दिने जनआन्दोलनबाट गणतन्त्र प्राप्त भयो, तर गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ? हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ । हाम्रो पहिचानसँग कुनैपनि कुराको साटफेर गर्न पाइँदैन । हाम्रो दशैँको जमरा, हाम्रा दिदीबहिनीले लगाउने टीका र सप्तरङ्गी मालासँग हामी कुनै पनि कुरा साटफेर गर्न तयार छैनौँ । हाम्रो धर्म, संस्कृति र पहिचान हाम्रो अस्तित्वसँग जोडिएका विषय हुन् । त्यति मात्र होइन, नेपालको संविधान निर्माणमा नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । नेपाली कांग्रेसले संविधान निर्माणमा मात्र होइन, म सुदूरपश्चिमको र थारू समुदायको व्यक्ति भएकाले गर्वका साथ भन्न चाहन्छु । नेपाली काँग्रेसकै सरकारले कमैया मुक्ति अभियानलाई पनि अघि बढाएको थियो ।’

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)