मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लिमानलाई रुसकाे कब्जाबाट मुक्त गरिएको दाबी गर्दै जेलेन्स्कीले भने- धन्यवाद युक्रेनी सेना

shilapatra.com · Mon Oct 03 00:50:41 GMT 2022

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रुसी सेनाबाट ‘खाली’ गरिएको बताएका छन् । मस्कोको आक्रमणविरुद्ध युक्रेनले हप्तौँलामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम किभ र पश्चिमको निन्दाका बावजुद रुसले कब्जा गरिएका युक्रेनी भूभागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो ।

'लिमन पूर्ण रूपमा रुसी सेनाबाट मुक्त भएको छ । युक्रेनी सेनालाई धन्यवाद', जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमार्फत जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)