हिजो कसैको विरोध गरे गोली आउँथ्यो, आज सामाजिक सञ्जाल आउँछ : राजेन्द्र लिङ्देन
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार र राजनीतिक नेतृत्व फेरिँदैमा मुलुकको समस्या समाधान नहुने टिप्पणी गरेका छन् । उनले विद्यमान संविधान र व्यवस्थाका कमजोरीसमेत सच्याउनुपर्ने समेत बताएका छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा शुरू भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश दिँदै उनले राजनीतिक दल र नेतृत्वप्रति जनतामा रहेको वितृष्णा नघटेको उल्लेख गरे । साथै उनले मुलुक झन् जटिल अवस्थामा पुगेको र देशलाई निकास दिन राजा, राजनीतिक दल तथा नयाँ पुस्तालाई समेटेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)