वेस्ट इन्डिजबारे जानकार नेपाल
ekantipur.com · Thu Jun 22 00:43:43 GMT 2023
काठमाडौँ — विश्वकप छनोट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध बिहीबार हुने खेल नेपालको एकदिवसीय मान्यताप्राप्त भएयता टेस्ट राष्ट्रसँगको केवल दोस्रो खेल हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजसँग पहिलोपल्ट खेल्न लागे पनि नेपाल विपक्षी टोलीबारे पूरा जानकार छ ।
सन् २०२३ को सुरुआतमा मोन्टी देसाई प्रशिक्षक भएर आएयता नेपालले उच्च प्रदर्शन गर्दै आएको छ । भारतीय प्रशिक्षक देसाई यहाँ आउनुअघि वेस्ट इन्डिजकै ब्याटिङ प्रशिक्षक थिए । फिल सिमोन्स वेस्ट इन्डिजको प्रमुख प्रशिक्षक रहेको समयमा देसाईले दुई वर्ष ब्याटिङ प्रशिक्षकको भूमिका निभाएका थिए । डिसेम्बर अन्त्यमा वेस्ट इन्डिजसँगको सम्झौता सकिएपछि उनी नेपालको प्रशिक्षक बन्न काठमाडौं ओर्लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)