छुटेका नेतालाई जोडेर अघि बढ्न थापालाई प्रचण्डको आग्रह
gorkhapatraonline.com · Sun Oct 04 12:09:12 GMT 2026

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको बताउनु भएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रचण्डले गगन थापालाई बधाई दिँदै उहाँको नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताउनुभयो। उहाँले आफूले प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै थापाको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)