ठूला जमघटमा गर्मीका कारण हुने स्वास्थ्य जोखिम रोक्न डब्लूएचओको नयाँ निर्देशिका
swasthyakhabar.com · Sun Oct 04 12:12:00 GMT 2026

काठमाडौं– राजनीतिक सभा-सम्मेलन, खेलकुद, धार्मिक तथा सांस्कृतिक कार्यक्रमजस्ता ठूला जमघटमा अत्यधिक गर्मीका कारण हुने स्वास्थ्य समस्या रोकथाम तथा व्यवस्थापनका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ निर्देशिका सार्वजनिक गरेको छ।
डब्लूएचओका अनुसार ठूला कार्यक्रमका सहभागी, दर्शक, स्वयंसेवक तथा कर्मचारीमा गर्मीका कारण हुने स्वास्थ्य समस्या पछिल्लो समय महत्वपूर्ण जनस्वास्थ्य र व्यवस्थापकीय जोखिम बन्दै गएको छ। समयमै जोखिम पहिचान, तयारी र उपचारको व्यवस्था गर्न सके यस्ता अधिकांश समस्या कार्यक्रमस्थलमै रोकथाम तथा उपचार गर्न सकिने डब्लूएचओले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)