‘गौँथली’ चलचित्रको क्लाइमेक्स दृश्य नै टिकटकमा छ्यापछ्याप्ती, एउटै क्लिप ९ मिनेटसम्म लामो !
techpana.com · Mon Aug 03 08:54:16 GMT 2026

काठमाडौं । हलहरूमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘गौँथली’ का दृश्य टिकटक लगायतका सामाजिक सञ्जालमा अनधिकृत रूपमा सार्वजनिक भएका छन् । दर्शकहरूले हलभित्रै मोबाइलबाट खिचेका १५ सेकेन्डदेखि ९ मिनेटसम्मका लामा भिडिओ क्लिपहरू सार्वजनिक गरेपछि चलचित्रको मुख्य कथावस्तु र क्लाइमेक्स (अन्तिम दृश्य) समेत बाहिरिएको छ । यस्ता भिडिओलाई टिकटकमा लाखौँ पटक हेरिएको छ ।
टिकटकमा ‘Gauthali movie’ सर्च गर्दा हलबाटै खिचिएका कयौँ दृश्य फेला पर्छन् । जस्तै, ‘angry_women7’ नामक युजरनेमबाट जुलाई २३ मा सार्वजनिक गरिएको एउटै भिडिओ ७ मिनेट लामो छ, जसलाई यो समाचार तयार पार्दासम्म एक लाख ७३ हजारभन्दा बढी पटक हेरिसकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)