दुई वर्षको मौद्रिक खुकुलोपना अन्त्य गर्दै भारतको केन्द्रीय बैंक, ब्याजदर वृद्धि चक्र सुरु हुने सम्भावना
clickmandu.com · Sun Oct 04 12:26:45 GMT 2026

एजेन्सी । करिब दुई वर्षको मौद्रिक खुकुलोपनापछि भारतको केन्द्रीय बैंक (आरबीआई) नीतिगत समर्थन फिर्ता लिन सुरु गर्ने तयारीमा देखिएको छ जसमा मौद्रिक नीति समिति (एमपीसी) ले अक्टोबर ७ को आफ्नो बैठकमा पहिलो कदम चाल्ने अपेक्षा गरिएको छ ।
अधिकांश विश्लेषकहरूले आरबीआईले नीतिगत दर अर्थात् रिपो दरलाई २५ आधार विन्दुले बढाएर ५.५० प्रतिशत पुर्याउने अपेक्षा गरेका छन् । यसले सम्भावित रूपमा अझ आक्रामक दर–वृद्धि चक्रको सुरुआतलाई संकेत गर्नेछ । यस्तो कदमले अर्थतन्त्रभरि कर्जाको लागत बढाउनेछ । यसले व्यक्तिगत, घर र सवारीसाधन कर्जासहित निक्षेप तथा कर्जा दुवैको ब्याजदर बढाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)