वातावरण सहज बनाउने मौद्रिक नीति ल्याउन सुझाव
gorkhapatraonline.com · Fri Jun 26 01:05:38 GMT 2026

। नेपाल चेम्बर अफ कमर्सले बैङ्किङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै व्यवसायीलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।
आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन चेम्बरले नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिएको हो । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बैङ्किङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै व्यवसायीलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । चेम्बरले विशेष गरी सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि २० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्ने गरी नीति ल्याउन पनि आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)