मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य बिमाको कथा र व्यथा

rajdhanidaily.com · Wed Sep 21 23:25:17 GMT 2022

स्वस्थ शरीरमा मात्र मानिसको चौतर्फी सन्तुलित वृद्धि र विकास हुन्छ । व्यक्ति, समाज, देशको विकासमा स्वस्थ जनशक्ति अपरिहार्य रहन्छ । त्यसकारण, प्रत्येक देशले आप्mना नागरिकको स्वास्थ्य हेरचाह र उपचारका लागि विभिन्न नीति तथा रणनीति अपनाएको हुन्छ । विश्व स्वास्थ्य संगठनले गरेको परिभाषाअनुसार सबै नागरिक तथा समुदायले आर्थिक बोझ नपर्नेगरी प्रवद्र्धनात्मक, प्रतिरोधात्मक, उपचारात्चक र पुनस्र्थापनात्मक स्वास्थ्य सेवा गुणस्तरीय किसिमले उपभोग गर्न पाउनुपर्छ । नेपालले पनि आप्mना नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न विभिन्न नीति र कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नेपालको संविधान २०७२ को धारा ५१ (ज) (१५)मा नागरिक स्वास्थ्य बिमा सुनिश्चित गर्दै उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । संविधानले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न २५ चैत २०७२ देखि सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा स्वास्थ्य बिमाको सुरुवात भएको हो । स्वास्थ्य बिमा ऐन २०७४ अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संरक्षण गर्न, स्वास्थ्य बिमाबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गरी आमनागरिकको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यको बँुदा नम्बर ३.८ मा अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच बढाउने र स्वास्थ्य उपचारमा नागरिकको वित्तीय जोखिम कम गर्ने उल्लेख छ । यो लक्ष्य पूरा गर्न स्वास्थ्य बिमा एक अपरिहार्य साधन हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)