मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बुर्किना फासोमा सशस्त्र समूहको आक्रमणबाट एक सय ३० जनाभन्दा धेरैको ज्यान गयो

Ujyaaloonline.com · Sun Jun 06 00:32:51 GMT 2021

काठमाण्डाै - बुर्किना फासोमा सशस्त्र समूहले आक्रमण गर्दा एक सय ३० जनाभन्दा धेरैको ज्यान गएको छ । उत्तरी भागमा पर्ने सोल्हान गाउँमा हतियारधारी समूहले घर तथा बजारहरुमा आगजनी समेत गरेको बीबीसीले जनाएको छ।

अहिलेसम्म आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । बुर्किना फासोमा केही समयदेखि इस्लामी समूहहरूको हमला बढिरहेका छन् । सशस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् । बुर्किना फासोले आफ्ना छिमेकी देशहरु माली, चाड, बुर्कीना फासोमा जस्तै सुरक्षा सङ्कटको सामना गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)