मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जलवायु न्यायका लागि निजी क्षेत्रको लगानी र नवप्रवर्तनमा महासंघको जोड

clickmandu.com · Sun Oct 04 13:13:37 GMT 2026

काठमाडौं । नेपालमा बढ्दो जलवायु जोखिमलाई सम्बोधन गर्दै जलवायु-उत्थानशील आर्थिक वृद्धिलाई अघि बढाउन निजी क्षेत्रलाई लगानी, नवप्रवर्तन र समाधान कार्यान्वयनको अग्रपंक्तिमा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । जोखिममा रहेका समुदायसम्म जलवायु वित्त पुर्‍याउन सरकार, निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार, प्राज्ञिक क्षेत्र र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाइ छ।

‘काठमाडौँ क्लाइमेट विक २०२६’ अन्तर्गत शनिबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) द्वारा आयोजित ‘जलवायु न्यायका लागि निजी क्षेत्र’ विषयक विशेष सत्रमा बोल्दै सहभागीहरूले जलवायु प्रभाव न्यूनीकरणसँगै देखा परिरहेका नयाँ आर्थिक अवसरहरूलाई उपयोग गर्नुपर्ने बताए। अक्टोबर २ देखि ५ सम्म आयोजित यस ‘क्लाइमेट विक’मा नेपाल तथा विदेशका नीति निर्माता, उद्यमी, विज्ञ र जलवायु अभियन्ताहरूको सहभागिता रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)