मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेतृत्व हत्याउन द्वन्द्वमा दम्पती

ekantipur.com · Mon Mar 11 01:02:36 GMT 2024

धनगढी — केन्द्रमा गठबन्धन फेरबदलले सुदूरपश्चिम सरकारका लागि निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र पार्टी संरक्षक रेशम चौधरीबीच शक्तिसंघर्ष चर्किएको छ । कांग्रेस नेतृत्वको प्रदेश सरकारमा सहभागी हुने/नहुने विषयले रेशम र रञ्जिता दम्पतीबीच विवाद बढेको हो । रेशमले सरकारमा थप मन्त्री पठाएका छन् भने फिर्ता हुन रञ्जिताले उनीहरूलाई निर्देशन दिएकी छन् । निर्देशन नमानेपछि उनले सोमबार पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएकी छन् ।

माओवादी र एसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकार अल्पमतमा छ । शाहले उन्मुक्तिलाई साथमै राखेर राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा सत्ता लम्ब्याउने कसरत गरिरहेका छन् । त्यही प्रयासस्वरूप उनले शुक्रबार नागरिक उन्मुक्तिबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)