मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१० महिनामा नेपालमा २४ अर्ब रुपैयाँभन्दा धेरै मूल्यका मोबाइल भित्रिए, सबैभन्दा धेरै चीनबाट !

Ujyaaloonline.com · Thu May 23 23:31:36 UTC 2024

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा २४ अर्ब रुपैयाँभन्दा धेरै मूल्यका मोबाइल फोन आयात भएका छन् ।

भन्सार विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म २४ अर्ब रुपैयाँ बराबरका १५ लाख २८ हजार थान मोबाइल फोनको आयात भएका छन् । यो पोहोरको १० महिनाको तुलनामा चार अर्ब रुपैयाँभन्दा धेरै हो । गएको वर्षको साउनदेखि वैशाखसम्म २० अर्ब ४१ करोड रुपैयाँ मूल्यका १३ लाख थान मोबाइल आयात भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)