किरा लागेपछि प्याज उत्पादन भएन
deshsanchar.com · Sat Sep 21 16:51:17 UTC 2024

सिमकोट – यसवर्ष किसानले लगाएको प्याजको उत्पादनमा कमी आएको छ। बारीमा सारेर उम्रिएको बेर्नामा किरा लागेपछि प्याज उत्पादन नभएको हो।
खार्पुनाथ गाउँपालिका– ५ को याङ्चु गाउँका किसान धनबहादुर परियारले यसवर्ष प्याज उत्पादन नभएको बताए। उनले बारीमा सारेपछि उम्री सकेपछि ध्यासे किरा लागेपछि प्याज उत्पादन नभएको बताए। गतवर्ष परियारले नौ क्वीन्टल प्याज उत्पादन गरेर प्रतिकेजी दुई सय पचास रुपियाँमा बिक्री गर्दा दुई लाख २५ हजार रुपियाँ आम्दानी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)