जोखिममा हिमाल
ekantipur.com · Tue Jun 07 01:16:04 GMT 2022
काठमाडौँ — नेपालमा वार्षिक ०.०५६ डिग्री सेल्सियसले तापक्रम बढिरहेको छ । यो जल तथा मौसम विज्ञान विभागको अध्ययन (१९७१–२०१४) हो । सन् २०१७ को अध्ययनअनुसार यो दर हिमाली क्षेत्रमा ०.०८६ डिग्रीसम्म छ ।
तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाल, हिमताल, हिमनदी, वनस्पति र वन्यजन्तुमा परेको छ । जलवायुजन्य जोखिमको असर बढ्दा मानवीय जीवनयापनमा असर पर्ने नै भयो । काठमाडौं विश्वविद्यालयका हिमनदी तथा हिमतालविज्ञ डा. रिजनभक्त कायस्थका अनुसार ५ हजार ३ सय मिटर उचाइको खुम्बु क्षेत्रमा हिमनदी छिटोछिटो पग्लिरहेको छ । हिमनदी छिटो पग्लिँदा नयाँ हिमताल बन्ने सम्भावना हुन्छ र यसले बाढीको जोखिम निम्त्याउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)