निरीह किसानलाई कहिलेसम्म चुसिरहने ?
ekantipur.com · Thu May 23 23:46:23 UTC 2024
पछिल्लो तथ्यांकअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान झन्डै २६ प्रतिशत छ । करिब २ दशकदेखि कृषि उत्पादनले सर्वत्र निराशा थपेको यथार्थ कसैबाट लुकेको छैन । कृषकले गाउँ छाड्न थालेपछि उत्पादन घट्दै गएको दुःखद स्थिति एकातिर छ भने अर्कातिर सत्ताधारीले कृषिको व्यवसायीकरण, औद्योगिकीकरण भनेर टिठलाग्दो सुगारटाई गरिरहेको अवस्था छ ।
प्रधानमन्त्री तहको कुरा गरौं– पदमा रहँदा र हटेपछि पनि पूर्वप्रधानमन्त्री मरिचमानसिं श्रेष्ठ साधारण जीवनशैली अँगाल्दै कुखुरापालन व्यवसायमा रमाएको यथार्थलाई नेपालका निम्ति अद्वितीय सन्दर्भ मान्नुपर्छ । उनीबाहेक कुनै प्रधानमन्त्री, शीर्ष नेतृत्वले कृषि, पशुपालनलाई उत्कृष्ट पेसा बनाएर नमुना प्रस्तुत गरेको देखिएन । उल्टो चर्चित नेताले बाख्रापालनका नाममा करोडौं रुपैयाँ अपचलन गरेको सुनियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)