मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन आग्रह

kendrabindu.com · Sun Oct 04 13:40:58 GMT 2026

काठमाडौं । दसैं सुरु भएसँगै चङ्गा उडाउने क्रम बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन सर्वसाधारणलाई सचेत गराएको छ।

विमानस्थलको उडान तथा अवतरण क्षेत्रमा चङ्गा, डोरी, धागो, बेलुन तथा ड्रोन प्रवेश गर्दा वायुयानको सुरक्षित उडान र अवतरणमा अवरोध पुग्न सक्ने कार्यालयले जनाएको छ। कानुनले समेत विमानस्थल आसपास यस्ता गतिविधि गर्न निषेध गरेको कार्यालयको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)