इस्मा घटना : गुल्मीका चार दल एकजुट
rajdhanidaily.com · Mon Jun 08 02:08:15 GMT 2026

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको घटनाका बिषयमा गुल्मीका चार दल एकजुट भएका छन् । इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरमाथि भएको दुव्र्यवहार घटनाका सम्बन्धमा प्रहरी–प्रशासनको भूमिका शंकास्पद रहेको भन्दै काँग्रेस, एमाले, नेकपा र राष्ट्रिय जनमोर्चा एक भएका हुन् । उनीहरुले एक विज्ञप्ती जारी गर्दै घटनालाई प्रहरी र प्रशासनले गम्भीरताका साथ नलिएको भन्दै गुल्मीको प्रहरी र शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् ।
महिला जनप्रतिनिधि आफ्नो कार्यक्षेत्रमा हिड्दा भय नभई निर्भिकतापूर्वक उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने वातावरण मिलाउनुपर्ने निकायले झन् डर र त्रास पैदा गरेको चार दलको आरोप छ । पीडितहरुको जायरी प्रहरी प्रशासनले जेठ ११ गते दर्ता गर्न नमान्नु, जेठ १२ गते जिल्लाका १२ वटै पालिकाका जनप्रतिनिधिद्धारा संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई दबाब दिँदा बल्ल दर्ता गरिनु, जाहेरी दिएको ९ दिनसम्म पनि प्रहरीले आरोपितलाई पक्रउ नगर्नु एवं पक्राउ परेका आरोपितलाई म्याद थप गरि राख्ने पीडितहरुसँगको सहमतिलाई लत्याउदैँ उनीहरुलाई छोड्ने बिषयले प्रहरी प्रशासनको भूमिका निन्दनीय भएको ठहर चार दलले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)