मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

४० हजारभन्दा बढी दूध किसानको २२ करोड बक्यौता : किसानले गरे आन्दोलन घोषणा

nayapatrikadaily.com · Thu Jan 11 00:41:00 GMT 2024

दूध बिक्री गरेबापत पाउनुपर्ने भुक्तानी २८ पुुससम्म नपाए आन्दालन गर्ने चितवनका किसानहरूले घोषणा गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले पाँचबुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् । किसानहरूले दूध बिक्रीको बक्यौता नपाएको, दूधको बजारीकरण सहज नभएको, किसानले पाउनुपर्ने सहुलियत ऋण नपाएको, बागमती प्रदेश सरकारबाट दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान चितवनका सबै किसानले नपाएको र पशु बिमाको समस्या सहजीकरण माग गर्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार चितवनका ४० हजारभन्दा बढी पशुपालक किसानले करिब २२ करोड भुक्तानी पाएका छैनन् । उनले भने ‘चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्ला बाहिरी खपत हुँदै आएको छ । पैसा माग्दा दूध खरिद गर्ने उद्योगहरूले दूध किन्न मान्दैनन् । उधारोमा कहिलेसम्म दूध बिक्री गर्ने ?’ चितवनका केही दूध सहकारीहरूले साउनदेखिकै भुक्तानि पाएका छैनन् । किसानले स्थानीय सहकारीमा दूध बिक्री गर्ने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)