सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष बम्जन एक दिनमै छुटे, ज्वाइ जिबी कहिले आउछन् ?
barnanmedia.com · Sun Aug 24 22:50:04 GMT 2025

पोखराको सुर्यदर्शन सहकारी बम्जन परिवारले स्थापना गरेको हो। ०६५ मा सहकारी खोल्दा जिबी राईका जेठान ज्ञानबहादुर बम्जन अध्यक्ष बने। उनी अध्यक्ष बनेकै कार्यकालबाट सुरु भएको थियो, सहकारी ठगी।उनकै कार्यकालमा डेढ करोडभन्दा बढी रकम अपचलन भयो। बम्जनले बहिनी ज्वाई जिबी राईलाई सहकारीमा भित्र्याए। त्यसपछि सुरु भयो सहकारीलाई फैलाउने र ठग्ने प्रतिस्पर्धा। सहकारीमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार ठगी भएको छ। जसमध्ये एक अर्ब १४ करोड ६८ लाख ३८ हजार एक हजार १५६ बचतकर्ताको हो।
यही ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि नक्खु जेलमा छन्। तर, मास्टरमाइन्ड जिबी राई भने फरार छन।उनले सहकारीको पैसाबाट ग्यालेक्सी टिभी खोलेका थिए। ग्यालेक्सी मात्र होइन जिबीले ठगीको पैसा नेचर हब्र्स इन्टरनेसनल, नेचर हब्र्स लिमिटेड, नेचर नेस्ट, जिबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप मल्टी इन्भेस्टमेन्ट, मन्दरा स्पा, स्प्रिङउड रियल स्टेड, नेपाल श्री मल्टी मिडियामा लगे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)