मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित

annapurnapost.com · Sun Oct 04 13:54:14 GMT 2026

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशको सबै प्रदेशहरूमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ।

उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै उनीहरूलाई थप व्यावसायिक रूपमा सक्षम र उत्प्रेरित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कम्पनीले असोज ४ गते इटहरीमा, असोज ५ गते बर्दिबासमा, असोज ७ गते बुटवलमा, असोज ८ गते नारायणगढमा, असोज ११ गते काठमाडौंमा, असोज १२ गते धनगढीमा, असोज १३ गते सुर्खेतमा र असोज १५ गते पोखरामा भव्यताका साथ ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा कुल २५८१ उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो भने १०६४ जना उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई स्टार अवार्डबाट सम्मानित गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)