जलवायु न्यायका लागि निजी क्षेत्रलाई लगानी र नवप्रवर्तनमा जोड
baahrakhari.com · Sun Oct 04 14:06:42 GMT 2026

काठमाडौं । नेपालमा बढ्दो जलवायु जोखिमलाई सम्बोधन गर्दै जलवायु–उत्थानशील आर्थिक विकासका लागि निजी क्षेत्रलाई लगानी, नवप्रवर्तन र समाधान कार्यान्वयनको भूमिकामा अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जलवायु वित्तलाई जोखिममा रहेका समुदायसम्म पुर्याउन सरकार, निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार, प्राज्ञिक क्षेत्र र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ ।
काठमाडौं क्लाइमेट विक २०२६ अन्तर्गत नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा शनिबार काठमाडौंमा आयोजित ‘जलवायु न्यायका लागि निजी क्षेत्र’ विषयक विशेष सत्रमा सहभागीहरूले जलवायु परिवर्तनका असर न्यूनीकरणसँगै त्यसबाट सिर्जित आर्थिक अवसरलाई समेत उपयोग गर्नुपर्ने बताएका हुन् । अक्टोबर २ देखि ५ सम्म सञ्चालन भइरहेको क्लाइमेट विकमा नेपालसहित विभिन्न देशका नीति निर्माता, व्यवसायी, विज्ञ तथा जलवायु सरोकारवालाहरू सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)