मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश राजधानी जोड्ने गच्छे-भालुवाङ् सडक निर्माण तीव्र

nepalsamaya.com · Wed Apr 03 00:16:00 UTC 2024

अर्घाखाँची- राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिंगे हुँदै एक सय २० किमी सडक यात्रा गर्नुपर्छ। लुम्बिनी प्रदेशको राजधानी रहेको भालुवाङ् अर्घाखाँची जिल्लाकै सिमाना भए पनि सदरमुकाम सन्धिखर्कबाट, महेन्द्र राजमार्गको कपिलवस्तुको गोरुसिंगे, चन्द्रौटा, धानखोला हुँदै मात्र जान सकिन्छ।

गच्छे भालुवाङ् सडक निर्माण हुने हो भने अहिले गोरुसिंगे हुँदै जानुपर्ने सडकभन्दा ४७ किमी छोटो पर्छ। अर्घाखाँचीलाई लुम्बिनी प्रदेशको राजधानी भालुवाङ् जोड्ने गच्छे-भालुवाङ् सडक निर्माण तीव्र रुपमा अघि बढेको छ। सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले प्रदेशको गौरवको योजनाका रुपमा यो सडक निर्माण अगाडि बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)