सैनिकीकरणतर्फ नेपालको कम्युनिष्ट आन्दोलन !
hamrakura.com · Thu Jul 22 00:00:00 GMT 2021
काठमाडौं । सडक, सशस्त्र संघर्ष, सदन र सत्ता मार्फत कम्युनिष्ट आन्दोलनलाई मलजल गर्दै आएका नेपालका कम्युनिष्ट पार्टीहरु यतिबेला छिन्नभिन्नको अवस्थामा छन् । आफूलाई ठूलो कम्युनिष्ट पार्टी दाबी गर्दै आएको नेकपा एमाले यतिबेला चरम गुटवन्दीमा फसेको छ । पछिल्लो समय ‘टिट फर ट्याटुको रणनीति लिंदै दस्ता, फोर्स घोषणा गर्ने प्रतिस्पर्धाले नेपालको कम्युनिष्ट आन्दोलन थप ‘अराजकता’तर्फ उन्मुख भएको हो कि भन्ने आशंकालाई बल पुर्याएको छ ।
वि.स.२००५ सालमा ‘कम्युनिष्ट घोषणापत्र’को अनुवाद गरेर कम्युनिष्ट पार्टी स्थापनाको शुरुवाती गरेका पुष्पलाल श्रेष्ठ, कम्युनिष्ट आन्दोलन स्थापनामा अथक योगदान गरेका पुष्पलालसहित, नरबहादुर कर्माचार्य, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य हुँदै सीपी मैनाली, मदन भण्डारी, सहाना प्रधान, नारायणमान विजुक्छे, मोहनविक्रम सिंह, मोहन बैद्य र पुष्पकमल दाहाल प्रचण्डसम्म आइपुग्दा कम्युनिष्ट आन्दोलन गलत दिशामा अघि बढेको आवाजहरु उठन थालेको छ। विश्व कम्युनिष्ट आन्दोलनमा आएको गिरावटबाट पाठ सिकेर अघि बढ्नुको साटो एकले अर्कोलाई खुइल्याउने र सिद्ध्याउने रणनीतिले आन्दोलन कमजोर हुँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)