चुनावको मुखमा ट्रम्पको घोषणा : २ करोडभन्दा धेरै ज्येष्ठ नागरिकको खातामा ९० डलर आउने
barnanmedia.com · Sun Oct 04 15:25:45 GMT 2026

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेष्ठ नागरिकहरूको स्वास्थ्य बीमा कार्यक्रम ‘मेडिकेयर’ मा आबद्ध २ करोडभन्दा बढी नागरिकहरूलाई मासिक प्रिमियम खर्च भार कम गर्न एकमुष्ठ ९० डलरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी गराएका हुन् । ट्रम्पले सो रकम मेडिकेयर सुधार कोषमार्फत उपलब्ध गराउने बताएका छन् । उनका अनुसार अमेरिकी संसद्ले मेडिकेयरको सेवा सुधारका लागि उक्त कोषमा दुई अर्ब डलर विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)