मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५२ दिनमा चारपटक माधव नेपालको सुनसरी यात्रा, किन गइरहन्छन् ?

ratopati.com

आइतबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल इटहरी आए। उनी कार्यक्रमलाई सम्बोधन गर्न मात्रै आएका थिएनन् । एमालेका पूर्व केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज धर्मराज निरौला लगायत ३५५ जना कार्यकर्तालाई स्वागत गर्न आएका थिए । उनी १ महिना २२ दिनको अवधिमा सुनसरी ४ पटक आइसकेका छन् ।

नेता नेपाल गत कार्तिक २६ गते चतरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्न आए । उद्घाटन गरे लगत्तै उनले बिहानको खाना इटहरी उपमहानगरका प्रमुख तथा एमालेका पूर्व जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीको घरमा खाए । उनी त्यो बेला निकै चर्चामा आए । एमाले भित्र चरम विवाद भएकै कारण किन एमाले प्रदेश कमिटि सदस्य चौधरीको घरमै खाना खाए? के अब चौधरी पनि एमाले छाडेर (एस) तिर जाने हुन्? भन्ने प्रश्न उब्जिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)