खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
gorkhapatraonline.com · Mon Jun 08 02:22:47 GMT 2026

महेन्द्रनगर (कञ्चनपुर), जेठ २५ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।
महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरबाट भीमदत्त नगरपालिकाको विकट बस्ती खल्ला मसेटीमा औषधिसहितको स्वास्थ्य सेवाबाट स्थानीय ९३ जना लाभान्वित भएको शिक्षालयका निर्देशक प्रमल साउदले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)