नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री विजयी
arthasansar.com

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुप्रतीक्षित निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उम्मेदवार डिकबहादुर खत्री ‘कुमार’ विजयी भएका छन् ।
खत्रीले आफ्ना दुवै प्रतिस्पर्धीलाई स्पष्ट मतान्तरले पराजित गर्दै संघको नेतृत्व आफ्नो पक्षमा पारेका हुन् । आइतबार सम्पन्न मतदानको मतगणना राति अबेर सम्पन्न भएको थियो । अन्तिम मत परिणामअनुसार अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उम्मेदवार मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)