मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुललाई हराउँदै रियल मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

nepalipatra.com · Sun May 29 03:18:24 GMT 2022

पेरिस । च्याम्पियन्स लिगको उपाधि स्पेनीस क्लब रियल मड्रिडले जितेको छ । भर्खरै सम्पन्न खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा रियललाई जित दिलाउन एकमात्र निर्णायक गोल भिनिसियस जुनियरले गरे ।

खेलमा रियलका गोलकिपर थिबाउट कोर्तुआले निकै उत्कृष्ट प्रदर्शन गरे । उनले लिभरपुलका खेलाडीबाट भएका आठ प्रहारलाई उत्कृष्ट बचाउ गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)