दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
baahrakhari.com · Sat Oct 22 16:41:00 GMT 2022
खलंगा । दार्चुलाको शैल्यशिखर नगरपालिका–६, उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।
सदरमुकाम खलंगाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नम्बरको ट्याक्टर आज दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेको थियो । ट्याक्टरमा चारजना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)